गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, जोमसोम, मुस्ताङ

हाम्रो बारेमा


यस हिमाली जिल्ला मुस्ताङमा अवस्थित प्रदेश जनस्वास्थ्य कार्यालय, जोमसोम, मुस्ताङ वि.सं. २०७५ मा स्थापना भई गण्डकी प्रदेश सरकार अन्तर्गत कार्यरत छ । विगतमा जिल्ला स्वास्थ्य कार्यालयको नामबाट परिचित प्रदेश जनस्वास्थ्य कार्यालय, जोमसोम, मुस्ताङ देश संघियताको ढाँचामा गए संगै स्वास्थ्य कार्यालयको रुपमा मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-४, जोमसोममा स्थापना भएको हो । कार्यालय आफ्नो जग्गामा रहेको तिन तले पक्की भवनमा ब्यवस्थित रुपमा संचालनमा रहेको छ । यस कार्यालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको माध्यमबाट मुस्ताङ जिल्लाको समग्र स्वास्थ्य स्थितिलाई सुधार गर्नको लागि यहाँका पाँच वटै स्थानीय तहहरुबाट प्रदान गरिने प्रवर्द्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवामा सहजिकरण, समन्वय र सहकार्य गर्दै कार्य संचालन गर्दै आएको छ । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृदिका लागि विभिन्न तालिमहरु संचालन गर्नुका साथै जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनको स्थलगत सुपरीवेक्षण, अनुगमन गरि सुधारका लागि सुझाव पनि प्रदान गर्दछ । यसका साथै स्वास्थ्य कार्यालयको कार्य विवरण भित्र रहेका विविध कार्य सम्पादन गर्दै आइरहेको छ । यस जिल्लामा १ सरकारी अस्पताल, १ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, १५ स्वास्थ्य चौकी, ४ आधारभूत स्वास्थ्य सेवा केन्द्र र ३ सामुदायिक स्वास्थ्य ईकाइ गरि २४ स्वास्थ्य संस्था अन्तर्गत २२ गाउँघर क्लिनिक, २७ खोप केन्द्र र १४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु छन् ।

Download: हाम्रो बारेमा


102